ओरालो लाग्यो सुनचाँदीको मूल्य
काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार बजारमा सुन १ हजार र चाँदी २५ रुपैयाँले घटेको हो । छापावाला सुन आज प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी २५ रुपैयाँले घटेर प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ असोज ९ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
