फेरी उकालो लाग्यो सुनचाँदीको मूल्य
काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार बजारमा सुन ६ सय र चाँदी ५ रुपैयाँले बढेको हो । छापावाला सुन आज प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ असोज ८ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
