घ्यू कुमारी विभिन्न रोगका लागि अचुक औषधि
यस्ता छन् घ्यू कुमारीको फाइदा
आँखाको रोग – घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ ।
कानको रोगमा – घ्यू कुमारीको गुदी मनतातो पारेर २्३ थोपा दाहिने कान दुखेमा देब्रे कानमा र देब्रे कान दुखेमा दाहिन कानमा हाल्ने र दुबै दुखेमा दुबैमा हाल्नाले ठीक हुन्छ।
मस्तिष्कको रोगमा- १ चम्चा घ्यू कुमारी खाने र तालुमा लगाउने गरेमा टाउको पोल्ने, पित्त विकार आदि ठिक हुन्छ र मस्तिष्क ठण्डा हुन्छ ।
पुरानो ज्वरोमा- घ्यू कुमारीको जरा १ चम्चा तातो पानीसँग खानाले जीर्ण ज्वरो पनि निको भएर आउँछ । यसो गर्दा वमन भएमा डराउनु पर्दैन पित्त निस्केर जान्छ।
जण्डीस, कमलपित्त भएमा- बिहान बेलुका १्१ चम्चा घ्यू कुमारी सेवन गर्ने गरेमा आँखा, शरीर पहेलो भएको हट्दै जान्छ र निको हुन्छ ।
खटिरामा – घ्यू कुमारीको गुदी तताएर खटिरामा बाँधेमा घाउ छिट्टै पाक्छ र निको हुन्छ ।
वायुगोला्गानो गएमा – १ चम्चा घ्यू कुमारीको गुदी, १चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली पेट केही दिन खाएमा ठीक हुन्छ ।
चिनी रोग (डाइबेटिज) मा – १ चम्चा घ्यू कुमारीको गुदीमा १ चम्चा गुर्जोको सत्व(चिनी) फिटेर खाने गरेमा रोग निको हुँदै जान्छ ।
यौवनवान बनिरहन – म्चा घ्यू कुमारीको गुदी बिहान बेलुका खाने गर्नाले कुनै रोगले छुदैन, दाँत बलियो हुन्छ, स्वर सुरिलो हुन्छ, कपाल कालो हुन्छ, शरीरमा सँधै बल प्रदान गरिरहन्छ ।
पेटमा गाँठो देखिएमा – घ्यू कुमारी तताएर पेटमा गाँठो भएको ठाँउमा बाँध्नाले गाँठो ठीक हुँदै जानेछ ।
बच्चालाई कब्जिएत भएमा – घ्यू कुमारीको लेदो र साबुनको गाज फिटेर नाइटो वरिपरि लगाउनाले दिसा लागेको निको हुन्छ ।
वाथ भएमा – घ्यू कुमारीको गुदी नित्य बिहान बेलुका एक एक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । घ्यू कुमारीको गुदी नित्य बिहान बेलुका एकरएक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । मर्केको, चोट लागेको र सुनिएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।
मर्केको, चोट लागेको र सुनिएकोमा – घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।
दाद आएमा – घ्यू कुमारी, लसुनमा पिनेर लेप लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।
प्रकाशित मितिः २०७६ असोज ८ बुधबार