कृषि विकास बैंकबाट डेढ करोड रकम निकाल्दा–निकाल्दै तीन पक्राउ

भक्तपुर न्यूज

८ असोज २०७६ ४:२५

कृषि विकास बैंकबाट डेढ करोड रकम निकाल्दा–निकाल्दै तीन पक्राउ

काठमाडौं । ह्याकरले कृषि विकास बैंकबाट डेढ करोड, रकम निकाल्दा–निकाल्दै तीन पक्राउह्याकरको समूह पक्राउमा परेका छन् । सिस्टम ह्याक गरेर कृषि विकास बैंकबाट रकम चोरी गर्न लागेका उनीहरुलाई पक्राउ गरिएको हो ।

ह्याकरको समूहले कृषि विकास बैंकको करिब डेढ करोड रुपैयाँ चोरी गरेका हुन् । नेपाल प्रहरीले ह्याक गरी रकम निकाल्दा–निकाल्दै तीन जना ह्याकरलाई काठमाडौंबाट मंगलबार पक्राउ गरेको छ ।

उनीहरुले बैंकको सिरहा शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम लुट्न लाग्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।पक्राउ परेकाहरुको नाम प्रहरीले गोप्य राखेको छ भने कसरी ह्याक गरी रकम निकालियो भन्नेबारे पनि केही बताएको छैन ।

प्रहरीले यसअघि पनि चिनियाँ र फ्रेन्च ह्याकरको समूहले झण्डै २ करोड रुपैयाँ विभिन्न बैंकबाट ह्याक गरी निकाल्दै गर्दा ५ चिनियाँ र एक फ्रेन्च नागरिकसहित ३ नेपाली पक्राउ परेका थिए ।

प्रकाशित मितिः २०७६ असोज ८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *