बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार बजारमा सुन १ सय र चाँदी २० रुपैयाँले बढेको हो । छापावाला सुन आज प्रतितोला ७१ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी २० रुपैयाँले बढेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ असोज ७ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
