ओली सरकारले मुलुकलाई भ्रष्टाचारको काण्डैकाण्डमा डुबाए : देउवा

भक्तपुर न्यूज

६ असोज २०७६ ९:२४

ओली सरकारले मुलुकलाई भ्रष्टाचारको काण्डैकाण्डमा डुबाए : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले शून्य सहनशीलताको कुरा गरेर मुलुकलाई भ्रष्टाचारको काण्डैकाण्डमा डुबाएको दावी गरेका छन् ।

उनले मेलम्ची खानेपानी आयोजनामा ठूलै आर्थिक चलखेल गरेको समेत बताए । सोमबार नैनसिंह महरद्वारा लिखित पुस्तक ‘नेकपा को विमोचन कार्यक्रममा बोल्दै सभापति देउवाले वर्तमान सरकारले प्रतिश्प्रधा बिनै ठेक्का दिएर सरकारले ठूलै आर्थिक चलखेल गरेको बताएका हुन् ।

गर्दै देउवाले बुढीगण्डकी जलविद्युत आयोजनाको काम पनि विना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई ठेक्कामा दिएको भन्दै आलोचना गरे । विना प्रतिस्पर्धा अघि बढाउन नमिल्ने ती आयोजना अघि बढाएबाट यसमा आर्थिक चलखेल भएको उनको आरोप थियो ।

सोहि कार्यक्रममा बोल्दै महामन्त्री डा। शशांक कोइरालाले ओली सरकारका जनविरोधी काम समावेश गरिएको सो पुस्तकलाई सन्दर्भ सामग्री बनाएर अघि बढ्दा मात्रै पनि आफ्नो पार्टीले आगामी निर्वाचनमा विजयी हुने दावी गरे ।

पार्टी सभापति देउवालाई मात्रै गाली गरेर पार्टीलाई अघि बढाउन नसकिने उनले पार्टीलाई अघि बढाउन पार्टी भित्रको एकताको आवश्यक्तामा समेत जोड दिए ।

प्रकाशित मितिः २०७६ असोज ६ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *