सुर्खेतमा मिस्टर एन्ड मिस प्रतियोगिता हुने

भक्तपुर न्यूज

६ असोज २०७६ ५:१६

सुर्खेतमा मिस्टर एन्ड मिस  प्रतियोगिता हुने

सुर्खेत । वीरेन्द्रनगरमा ‘मिस सुर्खेत २०१९’ हुने भएको छ। विगत तीन वर्षदेखि सुर्खेतमा आयोजना गर्दै आएको मुन मिडिया हाउसले मिस सुर्खेतको तेस्रो संस्करण र मिष्टर सुर्खेत प्रतियोगिताको आयोजना गर्ने भएको हो।

मिडिया हाउसका कार्यक्रम संयोजक कमल विष्टले सुर्खेतमा यसरी हुन गइरहेको यस प्रतियोगिताले नयाँ सोचलाई स्थापना गर्न थप मदत पुग्ने बताए । उनले भने मिस सुर्खेतको निरन्तरता पाउनु सुख्द बिषय रहेको र यसवर्षदेखि नै मिष्टर सुर्खेतको पनि आयोजना गरिने छ ।

युवापुस्तामा रहेको कला तथा सकारात्मक पक्षहरुलाई उजागर गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको उनले जानकारी दिए। युवा जमातमा हुनुपर्ने क्षमताको पहिचान गरि त्यसको संरक्षण र प्रर्वदनमा प्रतियोगिता महत्वपूर्ण हुने विश्वास ब्यक्त गरे ।

प्रतियोगितामा मिष्टर÷मिस सुर्खेत, फष्ट रनरअप, सेकेण्ड रनरअप, सवटाइटल मिस व्युटिफुल÷हेण्डसम, वेष्ट वाक, मिस÷मिष्टर ट्यालेन्ट, वेष्ट पर्सनालिटी, वेष्ट फिगर, वेष्ट स्माइल, वेष्ट स्कीन, भिवर्स च्वाइस्लगायतका विधाहरु समेटिएका छन्।

प्रतियोगिताको अर्को महत्वपुर्ण पाटो हो, समाजसेवा। युवापुस्तामा रहेको सामाजिक भावनालाई उठान गर्दै परिस्कृत गर्नु प्रतियोगिताको भित्री उदेश्य हो।

आइतबारदेखि प्रतियोगिताका फारम वितरण सुरु गरिएको मुन मिडिया हाउसका अध्यक्ष विजय के सीले बताए। मिस सुर्खेत र मिष्टर सुर्खेतका विजेतालाई ५० हजार रुपैया नगद, क्राउन, गिफ्ट ह्याम्परलगायतका पुरस्कार दिइनेछ।

प्रकाशित मितिः २०७६ असोज ६ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *