हुथी बिद्रोहीले गर्‍यो शान्तिका लागि साउदी अरेबियामाथि आक्रमण नगर्ने प्रस्ताव

भक्तपुर न्यूज

५ असोज २०७६ ६:४३

हुथी बिद्रोहीले गर्‍यो शान्तिका लागि साउदी अरेबियामाथि आक्रमण नगर्ने प्रस्ताव

काठमाडौं । यमनमा संघर्ष गर्दै आएको हुथी बिद्रोहीले गरेको शान्तिको प्रस्तावलाई संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ।

इरानको साथ पाएको हुथी बिद्रोहीले शान्ति प्रक्रियाका लागि आफ्नो तर्फबाट महत्वपूर्ण प्रयासका रुपमा साउदी अरेबियामाथि कुनै पनि प्रकारको आक्रमण नगर्ने प्रस्ताव गरेको हो ।

हुथीको तर्फबाट आएको प्रस्ताव सन् २०१५ को मध्यदेखि यमनमा जारी हिंसा अन्त्यका लागि महत्वपूर्ण सन्देश बन्न सक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।

साउदी अरेबियाका दुई ठूला तेल प्रशोधन केन्द्रमा भएको ड्रोन तथा क्रुज मिसाइल आक्रमणको एक हप्तापछि हुथी बिद्रोहीले शान्तिका लागि आफ्नो तर्फबाट प्रस्ताव गरेको हो ।

सरकारी स्वामित्वका दुई ठूला तेल प्रशोधन केन्द्रमा सेप्टेम्बर १४ मा भएको आक्रमणको जिम्मा हुथी बिद्रोहीले लिएको छ । तर साउदी अरेबिया र अमेरिकाले भने सो आक्रमण इरानले गरेको बताउँदै आएका छन् । इरानले आरोप अस्वीकार गर्दै आएको छ ।

यमनमा चार वर्षदेखि जारी गृह युद्धका कारण हालसम्म १० हजार भन्दा बढीको ज्यान गएको छ । दशौँलाख मानिस भोकमरीको चपेटामा परेका छन् । एजेन्सी

प्रकाशित मितिः २०७६ असोज ५ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *