वायर्नको जितमा लेवान्डोस्कीको दुई गोल

भक्तपुर न्यूज

५ असोज २०७६ ६:२२

वायर्नको जितमा लेवान्डोस्कीको दुई गोल

काठमाडौं । जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता वायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार भएको खेलमा वायर्नले १० खेलाडीमा सिमित एफसी कोल्नलाई ४-० ले हराएको हो ।

घरेलु मैदानमा वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे । यस्तै फिलिपे कौटिन्हो र इभान पेरिसिचले एक एक गोल गरे ।

एलिनाज एरिनामा खेलको तेस्रो मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए । खेलको ४८ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दा वायर्न २-० ले अघि रह्यो ।

खेलको ५९ औं मिनेटमा किङ्सले रातो कार्ड पाउँदा पाहुना टोली कोल्न १० खेलाडीमा समेटिएको थियो । ६२ औं मिनेटमा कौटिन्होले पेनाल्टीमा गोल गर्दै वायर्नलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ७३ औं मिनेटमा पेरिसिचले गोल गर्दै वायर्नलाई ४-० को जित दिलाए ।

जितसँगै वायर्न लिगको दोस्रो स्थानमा उक्लिएको छ । वायर्नले ५ खेलबाट ११ अंक जोडेको छ । कोल्नको ५ खेलबाट ३ अंक रहेको छ । एजेन्सी

प्रकाशित मितिः २०७६ असोज ५ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *