मनसुन सामान्य भन्दा लामो अवधि रहने

भक्तपुर न्यूज

३ असोज २०७६ ३:३९

मनसुन सामान्य भन्दा लामो अवधि रहने

काठमाडौं । मौसममा केही सुधार आउने संकेत देखिए पनि हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार दिनभरजसो नै देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । देशका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति पनि देशभरि नै आंशिकदेखि सामान्य बदली हुने र थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । अझै केही दिन मौसम यस्तै रहने सम्भावना छ ।

मनसुनी गतिविधिकै कारण हाल देशभर नै बलदी तथा वर्षाको क्रम चलेको मौसमविदले जानकारी दिएका छन् । सामान्यतया नेपालबाट मनसुन सेप्टेम्बर २३ मा बाहिरिने गर्छ ।

तर यो वर्ष ढिलो गरी भित्रिएको मनसुन सामान्य भन्दा लामो अवधि रहने देखिएको छ । हाल मनसुन बाहिरिने सम्भावना नदेखिएको मौसमविद पोख्रेलले बताइन् । अर्को हप्तातिर मनसुन बाहिरिन सक्ने सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मितिः २०७६ असोज ३ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *