संघीय संसदको बजेट अधिवेशन आजबाट अन्त्य

भक्तपुर न्यूज

२ असोज २०७६ ४:३४

संघीय संसदको बजेट अधिवेशन आजबाट अन्त्य

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन आजबाट अन्त्य हुँदैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बोलाएर बजेट अधिवेशन अन्त्य गरिंदैछ भने राष्ट्रिय सभाको बैठक दिउँसो ३ बजेदेखि सुरु भई आजै अन्त्य हुनेछ ।

वैशाख १६ गतेदेखि सुरु भएको बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, बजेट पारित तथा केही महत्त्वपूर्ण विधेयक पारित भएका छन् ।

सरकारले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरे पनि औपचारिक रुपमा संसद्लाई पत्र प्राप्त भएको छैन तर संसद् सचिवालयले अधिवेशन अन्त्यको सम्पूर्ण तयारी भने गरेको छ ।

प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले अधिवेशन अन्त्यका लागि सबै तयारी पूरा गरिएको जानकारी दिए  ।
योगीले राष्ट्रपति कार्यालयबाट औपचारिक पत्र भने प्राप्त नभएको बताए ।
सभामुख कृष्णबहादुर महराले भने अधिवेशन अन्त्यको तयारीबारे सदनमा संकेत गर्दै बुधबार र बिहीबार शून्य तथा विशेष समयको कार्यक्रम नहुनेबारे जानकारी दिए  ।

प्रकाशित मितिः २०७६ असोज २ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *