म्यान सिटी विश्वको उत्कृष्ट टिम

भक्तपुर न्यूज

३१ भदौ २०७६ २:५०

म्यान सिटी विश्वको उत्कृष्ट टिम

काठमाडौं । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले म्यानचेष्टर सिटी विश्वको उत्कृष्ट टिम रहेको दाबी गरेका छन् । लिभरपुल प्रिमियर लिगका शीर्ष स्थानमा छ । सिजनको सुखद सुरुवात गर्ने क्रममा लिभरपुलले सिटीसंग ५ अंकको अग्रता लिएको छ ।

तर पनि क्लोप सिटीलाई विश्वको उत्कृष्ट क्लब भएको मान्छन् । सिटीले औसतमा प्रिमियर लिगका पछिल्ला दुई सिजन ९९ अंक बटुलेको थियो । सोही कारण लिभरपुल भन्दा सिटी उत्कृष्ट रहेको क्लोपको दाबी छ ।

हामी युरोपको उत्कृष्ट टिम हैनौ किनकी म्यानचेष्टर सिटी विश्वको उत्कृष्ट टिम हो । क्लोपले भनेका छन् ।

यहाँ धेरै राम्रा टिम छन् । तर तिमीले स्थिर रुपमा प्रर्दशन गरेर त्यसलाई प्रमाणित गर्नुपर्छ । उनले थपे, गत बर्ष हामी साच्चिकै राम्रो थियौ । तर विश्वको उत्कृष्ट टिम भएकोमा म निश्चित छैन । तर च्याम्पियन्स लिग जित्दाँ हामी राम्रो लयमा थियौ ।

लिभरपुलले च्याम्पियन्स लिगको फाईनलमा टोटेनहमलाई २–० ले हराउँदै उपाधि जितेको थियो । लिभरपुलले छैटौ युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको थियो । तर क्लोपले यो सिजनको च्याम्पियन्स लिगलाई लिएर आफ्नो टिमले कुनै बोझ महशुश नगरेको बताउँछन् ।

हामीले कुनै बोझको महशुश गरेका छैनौ । किनकी ईमान्दारीपुर्वक भन्नु पर्दा हामीलाई थाहा छैन कि त्यसलाई कसरी महशुश गर्ने भनेर । क्लोपले थपे ।

लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले गत सिजन म्याड्रिडमा च्याम्पियन्स लिगको उपाधि उचालेका थिए । तर मिडफिल्डर हेन्डरसनले च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने आफ्नो कुनै लक्ष्य नरहेको धारणा राख्छन् ।मलाई लाग्छ, लिभरपुल हुनुको कारण कोही पनि तिमीलाई कही पनि हराउन चाहन्छन् । एजेन्सी

प्रकाशित मितिः २०७६ भदौ ३१ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *