फेसबुकले अव सत्यता नभएका पोष्ट गरे तुरुन्तै ब्लक गर्ने

भक्तपुर न्यूज

२९ भदौ २०७६ ७:५६

फेसबुकले अव सत्यता नभएका पोष्ट गरे तुरुन्तै ब्लक गर्ने

काठमाडौं । पछिल्लो समय निकै प्रयोगमा आइरहेको सामाजिक संजल फेसबुकले अव नयाँ नियमहरु थप गर्ने भएको छ ।

अब फेसबुकले जथाभावी पोस्ट गर्न र कमेन्ट गर्न बन्देज लगाउन लागेको र आपत्तिजनक सामग्रीका पोष्ट गरेमा कडा पोष्ट ब्लक गर्नुका साथै फेसबुक अकाउण्ट नै बन्द गर्नेसम्मका नीति ल्याउन लागेको हो ।

फेसबुकको ‘ग्लोबल प्रेसिडेन्ट’ मोनिका बिकर्टले भनेका छन्, हामी चाहन्छौं सामाजिक सञ्जालमा जुन पनि सामग्री प्रयोगकर्ताले पोस्ट अथवा शेयर गर्छन् ती सत्य हुन्। यस्तो भएमा फेसबुकको वातावरण विश्वसनीय हुनेछ । हामी फेसबुकको गलत प्रयोगका खिलाफ कडा अप्रेसन गर्न गईरहेका छौं। हामी फेसबुकलार्ई मिसरिप्रेजेन्ट गर्न रोक लगाउन गईरहेका छौं।’

केहि दिन पहिला गूगलले पनि आफ्नो कन्टेट सर्च पोलिसीमा परिवर्तन गरेको थियो । यस अनुसार अब गूगलमा सर्च गर्दा सबैभन्दा पहिला सबैभन्दा माथि ती सामग्री मात्रै देखिन्छन् जसको वैधता प्रमाणित हुन्छ ।

कुनै किसिमका भ्रामक र उत्तेजना एवं वितृष्णा फैलाउने खाले सामाचार वा अन्य सामग्री तपाईले ‘सर्च’ गर्नासाथ माथि देखिँदैनन।

प्रकाशित मितिः २०७६ भदौ २९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *