साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादन आधा घटायो

भक्तपुर न्यूज

२९ भदौ २०७६ ५:१६

साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादन आधा घटायो

काठमाडौं । साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेको छ । सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका दुई ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेको हो ।

साउदीका उर्जा मन्त्री प्रिन्स अब्दुलाजिज बिन सलमानका अनुसार ड्रोन आक्रमण पश्चात तेल उत्पादन दिनको ५.७ मिलियन ब्यारेल कम भएको छ । यसको अर्थ साउदी अरेबियाले नियमित रुपमा उत्पादन गर्दै आएको तेलको मात्रामा आधा कटौती भएको हो ।

यमनका हुथी बिद्रोहीले साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेका हुन् । त्यसका लागि १० वटा ड्रोन प्रयोग गरिएको हुथी बिद्रोहीले जनाएको छ । साउदी अरेबियाको व्यापारिक सहयात्री अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले आक्रमणमा इरानको हात रहेको आरोप लगाएका छन् ।

Secretary Pompeo

@SecPompeo

Tehran is behind nearly 100 attacks on Saudi Arabia while Rouhani and Zarif pretend to engage in diplomacy. Amid all the calls for de-escalation, Iran has now launched an unprecedented attack on the world’s energy supply. There is no evidence the attacks came from Yemen.

तेल प्रशोधन केन्द्रमा भएको आक्रमणका कारण अल्कालीन रुपमा अबकेक र खुराइसमा रहेका प्रशोधन केन्द्रबाट तेलको उत्पादन बन्द भएको प्रिन्स अब्दुलाजिजले साउदी प्रेस एजेन्सी (एसपिए) मार्फत जारी गरेको वक्तव्यमा उल्लेख छ ।

आक्रमणपछि हाल दुवै प्रशोधन केन्द्रमा अवस्था नियन्त्रणमा रहेको जनाइएको छ । साउदीले उत्पादन घटाउँदा विश्वव्यापी रुपमा इन्धनको आपूर्तिमा असर पर्ने सम्भावना छ । एजेन्सी

प्रकाशित मितिः २०७६ भदौ २९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *