बार्सिलोनाको फराकिलाे जित

भक्तपुर न्यूज

२९ भदौ २०७६ ४:४७

बार्सिलोनाको फराकिलाे जित

काठमाडौं । लुईस स्वारेजको दुई गोलमा बार्सिलानाले स्पेनिस लिगमा फराकिलो जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ५–२ गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा लुईस स्वारेजले दुई, अंशु फाती, डी जोङ र जेरार्ड पीकेले समान एक एक गोल गरेका थिए । भ्यालेन्सियाबाट गामिरो र गोमेजले समान एक एक गोल गरेका थिए । १६ बर्षका फातीले पहिलो रोजाईमा बार्सिलोनाबाट खेल्दै दोस्रो मिनेटमा गोल गरेका थिए ।

16-year-old Ansu Fati is having a dream start to his Barcelona career with another goal

सातौ मिनेटमा डी जोङले बार्सिलोनाको अग्रता दोब्बर बनाए । पाहुना टोलीका गेमिरोले २७ औ मिनेटमा एक गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने कोशिश गरेका थिए । ५१ औ मिनेटमा जेरार्ड पीकेले गोल गर्दै बार्सिलोनालाई अगाडी बढाए ।

६१ औ मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ४–१ को स्थितीमा ल्याएका थिए । ८२ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल स्वारेजले बार्सिलोनालाई फराकिलो जिततर्फ अग्रसर गराए ।

Luis Suarez celebrates scoring his second goal, and his team's fifth of the match

दोस्रो हाफको ईन्जुरी समयमा गोमेजले गोल गर्दै पाहुना टोलीको हार अन्तर ५–२ मा झारेका थिए । बार्सिलोना ४ खेलबाट ७ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । भ्यालेन्सिया ४ अंक जोड्दै तालिकाको १४ औ स्थानमा छ । एजेन्सी

प्रकाशित मितिः २०७६ भदौ २९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *