विमानस्थलबाट अमेरिकी र हङलङ डलरसहित एक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले २९ हजार ५ सय अमेरिकी डलर र ३ सय ७० हङकङ डलरसहित एकजना पक्राउ परेका छन् ।
नेपाल एयर लाइन्सको आरए ४०८ नम्बरको उडानमार्फत बिहान पौन ८ बजे हङकङ जान लागेका यल्मो तामाङ पक्राउ परेका हुन् ।
जन्मस्थान हङकङ भएका मोरङ मृगौलियाका २९ वर्षीय तामाङले कालो रंङको सुटकेश र खैरो रङको हाते झोलामा राखेको उक्त रकम चेकजाँच गर्ने क्रममा बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त रकम अवैध रुपमा विदेश लैजान लागेकोले कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ।
प्रकाशित मितिः २०७६ असार २५ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००