विमानस्थलबाट अमेरिकी र हङलङ डलरसहित एक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले २९ हजार ५ सय अमेरिकी डलर र ३ सय ७० हङकङ डलरसहित एकजना पक्राउ परेका छन् ।
नेपाल एयर लाइन्सको आरए ४०८ नम्बरको उडानमार्फत बिहान पौन ८ बजे हङकङ जान लागेका यल्मो तामाङ पक्राउ परेका हुन् ।
जन्मस्थान हङकङ भएका मोरङ मृगौलियाका २९ वर्षीय तामाङले कालो रंङको सुटकेश र खैरो रङको हाते झोलामा राखेको उक्त रकम चेकजाँच गर्ने क्रममा बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त रकम अवैध रुपमा विदेश लैजान लागेकोले कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ।
प्रकाशित मितिः २०७६ असार २५ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
