संखुवासभामा प्रहरी-विप्लव समूहबीच जम्काभेट हुँदा गोली चल्यो

भक्तपुर न्यूज

१६ असार २०७६ ८:३०

संखुवासभामा प्रहरी-विप्लव समूहबीच जम्काभेट हुँदा गोली चल्यो

काठमाडौं । संखुवासभामा नेपाल प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहबीच जम्काभेट भएको छ । त्यसक्रममा फायरिङ भएको प्रहरीले दाबी गरेको छ । तर, दुवै पक्षमा कुनै क्षति भएको छैन ।

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीका अनुसार सिलिचोङ गाउँपालिका-१ मा गस्तीका लागि टोली गएको थियो । उनले अनलाइनखबरसँग भने, ‘गस्तीमा टोली गएको छ । कहिले काहीँ फिल्डमा जाँदा सांकेतिक फायरिङ हुन्छ । अरु केही होइन ।’

प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले भने हुइंला भन्ने स्थानमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेको बताए ।

उनले भने, ‘उनीहरुले फायर गर्दै जंगलतिर भागेपछि प्रहरीतर्फबाट पनि गोली चलेको छ । थप विवरण आइसकेको छैन ।’

प्रहरीका अनुसार अहिले त्यस क्षेत्रमा थप मद्दतको टोली पनि पठाइएको छ ।

प्रकाशित मितिः २०७६ असार १६ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *