संखुवासभामा प्रहरी-विप्लव समूहबीच जम्काभेट हुँदा गोली चल्यो
काठमाडौं । संखुवासभामा नेपाल प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहबीच जम्काभेट भएको छ । त्यसक्रममा फायरिङ भएको प्रहरीले दाबी गरेको छ । तर, दुवै पक्षमा कुनै क्षति भएको छैन ।
प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीका अनुसार सिलिचोङ गाउँपालिका-१ मा गस्तीका लागि टोली गएको थियो । उनले अनलाइनखबरसँग भने, ‘गस्तीमा टोली गएको छ । कहिले काहीँ फिल्डमा जाँदा सांकेतिक फायरिङ हुन्छ । अरु केही होइन ।’
उनले भने, ‘उनीहरुले फायर गर्दै जंगलतिर भागेपछि प्रहरीतर्फबाट पनि गोली चलेको छ । थप विवरण आइसकेको छैन ।’
प्रहरीका अनुसार अहिले त्यस क्षेत्रमा थप मद्दतको टोली पनि पठाइएको छ ।
प्रकाशित मितिः २०७६ असार १६ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
