चट्याङ लागेर एकको मृत्यु, एक घाइते

भक्तपुर न्यूज

१२ असार २०७६ ६:५४

चट्याङ लागेर एकको मृत्यु, एक घाइते

काठमाडौँ । झापामा चट्याङ लागेर बुधबार एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा बारदर्शि गाउँपालिका-५ बस्ने ६० वर्षीय पर्शुराम पाठक रहेका छन् । त्यस्तै अर्का सोही ठाउँकै दुर्गाप्रसाद ओली घाइते भएका छन् ।

उनीहरु दुवैजना ओलीको घरको बरण्डामा बसिरहेको अवस्थामा चट्याङको झड्का लागेर घाइते भएका थिए ।

घाइते भएको भन्ने खबर प्रहरी चौकी फुलाबारिमा प्राप्त हुनासाथ तत्काल प्रहरीको टोलि गई उनीहरुलाई उपचारको लागि बिएण्डसि हस्पिटल विर्तामोड तर्फ पठाइएको थियो ।

घटनाका पाठकलाई सोहि अस्पतालले मृत घोषणा गरेको र ओलीको उपचार भैरहेको जानकारी आएको छ ।

यस सम्बन्धमा कानुनी प्रकृया भइरहेको झापा प्रहरीले बताएको छ ।

प्रकाशित मितिः २०७६ असार १२ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *