चट्याङ लागेर एकको मृत्यु, एक घाइते
काठमाडौँ । झापामा चट्याङ लागेर बुधबार एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा बारदर्शि गाउँपालिका-५ बस्ने ६० वर्षीय पर्शुराम पाठक रहेका छन् । त्यस्तै अर्का सोही ठाउँकै दुर्गाप्रसाद ओली घाइते भएका छन् ।
उनीहरु दुवैजना ओलीको घरको बरण्डामा बसिरहेको अवस्थामा चट्याङको झड्का लागेर घाइते भएका थिए ।
घाइते भएको भन्ने खबर प्रहरी चौकी फुलाबारिमा प्राप्त हुनासाथ तत्काल प्रहरीको टोलि गई उनीहरुलाई उपचारको लागि बिएण्डसि हस्पिटल विर्तामोड तर्फ पठाइएको थियो ।
घटनाका पाठकलाई सोहि अस्पतालले मृत घोषणा गरेको र ओलीको उपचार भैरहेको जानकारी आएको छ ।
यस सम्बन्धमा कानुनी प्रकृया भइरहेको झापा प्रहरीले बताएको छ ।
प्रकाशित मितिः २०७६ असार १२ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
