जिप र टिपर ठोक्किँदा एक महिला घाइते

भक्तपुर न्यूज

९ असार २०७६ ४:५८

जिप र टिपर ठोक्किँदा  एक महिला घाइते

गुल्मी । गुल्मीको अर्खलेमा जीप र टिपर ठोक्किँदा एक महिला घाइते भएकी छन् ।

सोमबार बिहान ८ बजे ईस्मा गाउँपालिका–४ दोहोलीबाट यात्रु बोकेर तमघासतर्फ आउँदै गरेको लु १ ज १९५९ नम्बरको जीप र टिपर ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा सोहि गाउँपालिकाकी सिता रिजाल घाइते भएको र उनको जिल्ला अस्पताल तमघासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७६ असार ९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *