जिप र टिपर ठोक्किँदा एक महिला घाइते
गुल्मी । गुल्मीको अर्खलेमा जीप र टिपर ठोक्किँदा एक महिला घाइते भएकी छन् ।
सोमबार बिहान ८ बजे ईस्मा गाउँपालिका–४ दोहोलीबाट यात्रु बोकेर तमघासतर्फ आउँदै गरेको लु १ ज १९५९ नम्बरको जीप र टिपर ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा सोहि गाउँपालिकाकी सिता रिजाल घाइते भएको र उनको जिल्ला अस्पताल तमघासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७६ असार ९ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
