टि–सर्टका कारण विश्वविद्यालयमा झडप
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय टि–सर्टको विषयलाइ लिएर आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबिच झडप भएको छ । नबौं स्थापना दिवशको अवसरमा विश्वविद्यालयले टि–सर्टमा निजी कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीहरुले आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले विश्वविद्यालय कार्यक्रम स्थलमै नाराबाजी र ढुङ्गामुडा गरेका छन् । काठमाडौँको राजधानी मोडेल कलेज र जेभिएर इन्टरनेशन कलेजको टि–सर्ट्मा विज्ञापन गरेको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका हुन् । प्रहरीले विद्यार्थीहरुको आन्दोलनलाई तितरबितर पार्न खोजेपछि झडप भएको हो।
झडपका क्रममा एक जना प्रहरी घाइते भएका छन् भने आन्दोलनमा सहभागी सहभागी दर्जनबढी विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसै बिच आन्दोलनरत विद्यार्थीहरुले राजधानी कलेजले सौजन्य गरेको दुई बोरा टिर्सट नियन्त्रणमा लिएका छ्न् । पदाधिकारीहरुले विद्यार्थी बिनै बन्द कोठामा नवौं स्थापना दिवश मनाई रहेका छन् ।
कार्यक्रम भैरहेको सभाहलमा विद्यार्थीहरुलाई प्रवेश निधेष गरिएको छ । यता आन्दोनरत विद्यार्थीहरुले भने गिरफ्तार गरिएका विद्यार्थीहरुलाई तत्काल बिनासर्त रिहा नगरे सुर्खेत बन्द गर्ने चेतावनी दिएका छन् । तर विश्वविद्यालयले भने यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
प्रकाशित मितिः २०७६ असार ३ मङ्गलबार।