कक्षा १२ को वार्षिक परीक्षा आज देखि सुरु

भक्तपुर न्यूज

१५ वैशाख २०७६ ४:२५

कक्षा १२ को वार्षिक परीक्षा आज  देखि सुरु

भक्तपुर । कक्षा १२ को वार्षिक परीक्षा आज आइतबार देखि सुरु भएको छ । २०७६ को कक्षा १२ को परीक्षा आइतबार बिहान ७ देखि १० बजेसम्म हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार कक्षा १२ को साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको वार्षिक परीक्षा भइरहेको हो । परीक्षा वैशाख २६ गते सकिनेछ ।

त्यसैगरी कक्षा ११ को साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा वैशाख २९ बाट सुरु भएर जेठ ८ गते समाप्त हुनेछ । परीक्षामा बोर्डबाट सम्बन्धन प्राप्त ४ हजार १ सय ३७ विद्यालयका कक्षा १२ मा ४ लाख २८ हजार ५२ जना परीक्षार्थी सहभागी छन् । कक्षा ११ मा ५ लाख ८ हजार ४ सय ९४ जना परीक्षार्थी गरि जम्मा ९ लाख ३६ हजार ५ सय ६ ९जसमध्ये छात्र ४ लाख ४२ हजार, ९ सय ९७ र छात्रा ४ लाख, ९३ हजार ५ सय ४९० परीक्षार्थी सहभागी रहेको बोर्डका अध्यक्ष प्रा। डा। चन्द्रमणि पौडेलले बताए ।

नेपालभर कुल १ हजार १ सय ७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमध्ये सबैभन्दा बढी काठमाडौंमा १ सय २२ र सबैभन्दा कम मनाङ-मुस्ताङमा १-१ केन्द्र निर्धारण गरिएको छ ।

प्रकाशित मितिः २०७६ वैशाख १५ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *