कक्षा १२ को वार्षिक परीक्षा भोलि आइतबार देखि

भक्तपुर न्यूज

१४ वैशाख २०७६ ६:०५

कक्षा १२ को वार्षिक परीक्षा भोलि आइतबार देखि

भक्तपुर । कक्षा १२ को वार्षिक परीक्षा भोलि आइतबार देखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०७६ को कक्षा १२ परीक्षा आइतबार बिहान ७ बजेदेखि हुने जानाएको हो । बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा शुक्रबार दिइएको जानकारीअनुसार कक्षा १२ को साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको वार्षिक परीक्षा आइतबारबाट सुरु भएर वैशाख २६ गते समाप्त हुनेछ ।

त्यसैगरी कक्षा ११ को साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा वैशाख २९ बाट सुरु भएर जेठ ८ गते समाप्त हुने बोर्डले जनाएको छ । परीक्षामा बोर्डबाट सम्बन्धन प्राप्त ४ हजार १ सय ३७ विद्यालयका कक्षा १२ मा ४ लाख २८ हजार ५२ जना परीक्षार्थी सहभागी हुनेछन् । कक्षा ११ मा ५ लाख ८ हजार ४ सय ९४ जना परीक्षार्थी गरि जम्मा ९ लाख ३६ हजार ५ सय ६ ९जसमध्ये छात्र ४ लाख ४२ हजार, ९ सय ९७ र छात्रा ४ लाख, ९३ हजार ५ सय ४९० परीक्षार्थी सहभागी हुने बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले बताए ।

नेपालभर कुल १ हजार १ सय ७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमध्ये सबैभन्दा बढी काठमाडौंमा १ सय २२ र सबैभन्दा कम मनाङ-मुस्ताङमा १-१ केन्द्र निर्धारण गरिएको छ ।

प्रकाशित मितिः २०७६ वैशाख १४ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *