सांसदहरुलाई डा. केसीले गरे यस्तो अपिल

भक्तपुर न्यूज

८ माघ २०७५ ८:४०

सांसदहरुलाई डा. केसीले गरे यस्तो अपिल

काठमाडौं । आमरण अनसररत डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकलाई जनतामुखी र विद्यार्थीमुखी बनाएर पास गर्न सांसदहरुलाई अपील गरेका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेका अनसररत डा. गोविन्द केसीलाई जनरल वार्डबाट गणेशमान सिंह भवनको दोस्रो तलामा रहेको वार्डमा सार्ने क्रममा डा. केसीले विधेयकमा भएका माफियामुखी बुँदाहरु हटाउन आग्रह गरेका छन् ।

उनले आफूसँग सरकारले गरेको सहमति अनुसार र जनतामुखी र विद्यार्थीमुखी बुँदाहरु थपेर ऐन पारित गर्न सांसदहरुलाई अपील गरेका छन् ।

बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहित चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यक्रम छ । संसदको बैठक मंगलबार ३ बजे बस्दैछ ।

यस्तो छ उनको सम्बोधनः

माननीय सांसदज्यूहरु,

मेरो जानकारीमा आए अनुसार आज संसदमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत हुँदैछ । त्यसमा जनता र विद्यार्थीमुखी बुँदाहरु हटाएर माफियामुखी बुँदाहरु राखेर समितिबाट पारित गरिएको छ । हामीसँग सम्झौता भएअनुसार जनतामुखी र विद्यार्थीमुखी बुँदाहरु थपेर ऐन ल्याउन माननीयज्यूहरुले सहयोग गर्नुहुनेछ भन्ने आशा राखेको छु र अनुरोध पनि गर्न चाहन्छु ।

प्रकाशित मितिः २०७५ माघ ८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *