डा. केसीकाे अनशन जारी, शिक्षणा अस्पतालमा उपचार जारी

भक्तपुर न्यूज

४ माघ २०७५ ४:३७

डा. केसीकाे अनशन जारी,  शिक्षणा अस्पतालमा उपचार जारी

काठमाडौं । चिकित्सक गोविन्द केसीको त्रिबि शिक्षणा अस्पतालमा उपचार जारी छ। पुस २५ देखि इलाममा अनसनरत केसीको स्वास्थ्य अवस्था नाजुक भएपछि आज विहान नेपाली सेनाको नाइट भिजन हेलिकोप्टरबाट काठमाडौ‌ं ल्याइएको हो । यसअघि उनलाई इलामस्थित अनशनस्थलबाट एम्बुलेन्समा भद्रपुर लगिएको थियो। चिकित्सा शिक्षाको विषयलाई लिएर १६औँ पटक अनशनमा बसेका डा गोविन्द केसीको अन्दोल भने जारी रहेको छ ।

डा केसीलाई राति काठमाडौं ल्याउने क्रममा स्वास्थ्य निगरानीका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दुईजना विशेषज्ञ चिकित्सक पनि साथमा आएका थिए। डा केसीको काठमाडौं ल्याएर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखेर उपचार भइरहेको छ। उनलाई आइसियूमा राखेर उपचार भइरहेको छ।

उनलाई काठमाडौं ल्याउने पहल गर्न बिहीबार साँझ पूर्वसभामुख दमननाथ ढुंगाना, माथेमा आयोगका संयोजक केदारभक्त माथेमा र पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पनि इलाम अस्पताल पुगेका थिए।

प्रकाशित मितिः २०७५ माघ ४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *