मुटु रोगको सम्पूर्ण उपचार अब भक्तपुरमै
भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा मुटु रोग सम्बन्धी सम्पूर्ण उपचार हुने भएको छ ।
केन्द्रले आज क्याथ ल्याब सेवा सुभारम्भ गर्दै मुटु रोग सम्बन्धी सम्पूर्ण उपचार अब भक्तपुरमा हुने जनाएको हो ।
आज क्याथ ल्याब तथा सीटी स्क्यान सेवाको सुभारम्भ नेपाल सरकारका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले गरेका छन् ।
उक्त सेवाको सुरभारम्भ गर्दै यादवले नेपालीको स्वास्थ्य उपचारलाई ध्यान दिँदै सरकारले बिभिन्न खालको सेवा सुबिधाको बिकासमा लागि परेको बताए ।
उनले भने भक्तपुरबाट यसरी मुटु सम्बन्धि रोगको सम्पूर्ण उपचारको थालनी देशैका लागि लाभको बिषय भएको बताए ।
क्याथल्याव सेवाबाट भक्तपुर मै मुटुको भल्व फेर्ने, मुटुको नशा सम्बन्धी काम गर्ने, तथा मुटुको शल्यक्रिया हुने भएको छ ।
केन्द्रले मृगौला प्रत्यारोपन तथा कलेजो प्रत्यारोपन सेवा समेत दिदै आएको छ । केन्द्रमा विरामीको चाप बढ्दै गएपछि मुटुरोग सम्वन्धि उपचार सेवा पनि सुरु गरेको हो ।
प्रकाशित मितिः २०७५ भदौ २७ बुधबार