औषधीकम्पनी धरासायी, सरकार उदासिन

भक्तपुर न्यूज

१८ भदौ २०७५ ६:५८

औषधीकम्पनी धरासायी, सरकार उदासिन

भक्तपुर । सरोकारवालाहरुको उदासिनतका कारण नेपालमा रहेका औषधी उत्पादन कम्पनीहरूको अवस्थामा कुनै सुधार हुन सकेको छैन । कम्पनीका सञ्चालकहरूले स्वदेशी औषधीको उत्पादनमा ध्यान दिन सरकारलाई बारम्बार आग्रह गरेपनि विभिन्न कारण देखाउदै सरकार मौन भएपछि कम्पनीहरूको अवस्था धरासायी हुँदै जान थालेको बताईएको छ । सरकारले स्वदेशी औषधी उत्पादन कम्पनीहरूको व्यवस्थापनप्रति चासो देखाउँन नसक्दा यहाँका कम्पनीहरूले भारतीय उत्पादनसँग प्रतिस्पर्धा समेत गर्नु नसक्ने अवस्था आइ परेको छ ।

नेपालमै स्वदेशी औषधी उत्पादन गर्ने ४५ वटा स्वदेशी कम्पनी सञ्चालनमा रहेको नेपाल औषधी उत्पादक संघले जनाएको छ । संघमा आधिकारीक रुपमा दर्ता भएर विगत लामो समयदेखि गुणस्तरीय औषधी उत्पादन गर्दै आएको भएपनि सरकारी व्यवास्ताका कारण नेपालमा उचित बजारको व्यवस्थापन हुन नसकेपछि यी कम्पनहिरूको अवस्था दयनिय बन्दै गएको संघले बताएको छ ।

नेपालमा गुणस्तरीय औषधी सस्तोमा उत्पादन भएपनि बजार व्यवस्थापन प्रभावकारी नहुँदा विदेशी कम्पनीहरूसँग प्रतिष्पर्धा गर्न कठिनाई भएको छ । नेपालमा रहेका ४५ वटा कम्पनीमध्ये ८ वटाले पशु चौपायका लागि औषधी उत्पादन गर्ने गरेका छन् । संघका अनुसार नेपालमा हुने गरेको औषधीको ४५ प्रतिशत माग स्वदेशी कम्पनीले धान्दै आएको जानकारी दिन्छ । स्वदेशी कम्पनीहरूले मुटुरोग, मधुमेह, एन्टिबायोटिक लगायत विभिन्न ७७ प्रकारका रोग विरुद्धका औषधीको उत्पादन गर्ने गरेको संघले जनाकारी दिएको छ ।
स्वदेशमै उतपादीत यस्ता औषधी गुणस्तरीय र विदेशी कम्पनीले उत्पादन गरेका भन्दा धेरै सस्तो मुल्यका भएपनि बजार व्यवस्थापनले गर्दा समसया आईरहेको संघले गुनासो रहेको संघका पदाधिकारीहरु बताउँछन् । भारत लगायतका देशमा उत्पादन हुने विदेशी औषधी गुणस्तरीय र सतो भएपनि विश्वसनियताको अभावमा धेरैजसोले विदेशी कम्पनीका औषधीकै प्रयोग गर्ने गरेका एक तथ्याकंले देखाएको छ ।

सरकारले पनि स्वदेशी उत्पादनलाई बेवास्ता गरी विदेशबाटै औषधी आयात गर्ने गरेकाले स्वदेशी उत्पादन ओझेलमा परेको संघका पदाधिकारीहरुको भनाई छ । लागत र ढुवानी खर्च धेरै लाग्ने भएकाले विदेशबाट आयातित औषधी स्वदेशी भन्दा महंगो पर्ने कम्पनीहरूले बताएका छन् । स्वदेशी कम्पनीहरूबाट उत्पादीत औषधीको उचित बजार व्यवस्थापन गर्न सकेको अवस्थामा विदेशी औषधीको भरमा बस्नु नपर्ने बताईएको छ । नेपालमा उत्पादीत औषधीको व्यवस्थापनका लागि कम्पनीहरूले बेलाबखतमा सरकारका साथै सम्बन्धीत विभागलाई समेत आग्रह गर्दै आएका छन् । तर औषधी व्यवस्था विभाग लगायतका सम्बन्धीत निकायले स्वदेशी औषधीको वारेमा गम्भीर नभई विदेशी औषधी खरिदमै मोटो रकम लगानी गर्ने गरेको व्यवसायीको आरोप रहेको छ ।

नेपालमै उत्पादीत औषधीको व्यवस्थापनका लागि सरकार र स्वास्थ्य मन्त्रालयसँग छलफल भईरहेको जनाउँदै औषधी व्यवस्था विभागले स्वदेशी उत्पादनको बजार व्यवस्थाका लागि प्रयास भईरहेको बताएको छ । औषधी व्यवस्था विभागलाई बेलाबखतमा गुणस्तरहिन औषधी पठाएको आरोप समेत आउने गरेको छ । यदि स्वदेशी उत्पादनको व्यवस्थापन गर्न सकेको अवस्थामा स्वास्थ्य क्षेत्रमा आउने गरेका आरोप सहजै रुपमा हट्ने उत्पादन कम्पनीहरूको भनाई छ ।

प्रकाशित मितिः २०७५ भदौ १८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *