सरकारको चेतावनी पछि पनि चिकित्सकहरुको आन्दोलन निरन्तर
काठमाडौ । सरकारको चेतावनी पछि पनि चिकित्सकहरुको आन्दोलन निरन्तर जारी रहेको छ । मुलुकी फौजदारी संहिता ऐन संसोधनको माग गर्दै आन्दोलनरत चिकित्सकहरुलाई वार्ताको लागि सरकारले बोलाएको छ।
आइतबारबाट ओपिडी सेवा बन्द गरेका चिकित्सकहरुले देशभरका अस्पतालमा प्रशासनिक काम बन्दको आह्वान गरेका हुन्। उनीहरुले हिजो नेपाल मेडिकल काउन्सिललाई लाइसेन्स बुझाउनुको साथै माइतीघर मण्डला प्रदर्शन समेत गरेका थिए।
भदौ १ गतेबाट आन्दोलन सुरु गर्ने भनेका डाक्टरहरुले कानुन मन्त्रालयले ऐन संसोधन गर्ने लिखित प्रतिबद्दता जनाएपछि १५ दिन आन्दोलन शुरु गरेका थिए । १५ दिनसम्म सरकारले केही सकरात्मक प्रतिक्रया नदिएपछि उनीहरुले आइतबारबाट आन्दोलन सुरु गरेका हुन्। आन्दोलन सुरु गरेको साँझ स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थामा हड्ताल गर्नेलाई कारवाही गर्ने समेत चेतावनी दिएको थियो।
भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहितामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै विरोधमा उत्रेको संघले सरकारलाई दवाव दिन लाइसेन्स बुझाउने निर्णय गरेको हो।
प्रकाशित मितिः २०७५ भदौ १८ सोमबार