१२ को परीक्षाफल प्रकाशन

भक्तपुर न्यूज

१७ साउन २०७५ ५:२९

१२ को परीक्षाफल  प्रकाशन

भक्तपुर १७ साउन । गत बैशाखमा सम्पन्न भएको कक्षा १२ को परीक्षाफल आज प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार बिहान परीक्षाफल प्रकाशित गरेको हो । बोर्डले दिएको जानकारीअनुसार पहिलो पटक कक्षा १२ को सबै संकायको नतिजा एकैचोटि प्रकाशन गरिएको हो ।

ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक भएको नतिजामा ३.६१ देखि ४ जीपीए ल्याउनेमा १ हजार १ सय ६९ परीक्षार्थी रहेका छन् । यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ११ हजार २ सय २१, २.८१ देखि ३.२० जीपीए ल्याउनेमा २७ हजार ६ सय ४३, २.४१ देखि २.८० जीपीए ल्याउने ५८ हजार ३ सय ४५, २.०१ देखि २.४० जीपीए ल्याउने ९० हजार २ सय ९९ परीक्षार्थी रहेका छन् ।
यस्तै १.६१ देखि २.० जीपीए ल्याउने ६६ हजार ४ सय ३८, १.२१ देखि १.६० जीपीए ल्याउने २२ हजार ७ सय ३४, ०.८१ देखि १.२० जीपीए ल्याउने ४ हजार ४ सय ८८ र ०.०० देखि ०.८० जीपीए ल्याउने १ सय ९९ जना रहेका छन् ।

कक्षा १२ को परीक्षामा नियमित तर्फ ३ लाख र आंशिक तर्फ १ लाख गरी कूल ४ लाख विद्यार्थीहरु सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *