डाक्टर केसी पक्ष र सरकारी टोलीबीच वार्तामा मुख्य मुद्दामा छलफल नै हुन सकेन

भक्तपुर न्यूज

९ साउन २०७५ ११:१३

डाक्टर केसी पक्ष र सरकारी टोलीबीच वार्तामा मुख्य मुद्दामा छलफल नै हुन सकेन

काठमाडौं, ९ साउन । सत्तारुढ नेकपाका नेताहरुले सहमतिनजिक भने पनि सरकार र डा. गोविन्द केसीबीचको वार्ता मुख्य मुद्दामा प्रवेश नै नभएको पाइएको छ ।

सरकारी र डा. केसी पक्षको वार्ता टोलीबीच चिकित्सा शिक्षा विधेयकबारे छलफल नै हुन सकेको छैन ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको पहलमा औपचारिक वार्तासँगै अनौपचारिक सम्वाद चलिरहेको छ ।

बुधबार पनि नेम्वाङको पहलमा केदारभक्त माथेमालगायतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।
तर, चिकित्सा शिक्षा विधेयकमा के के संशोधन गर्ने भन्ने कुनै ठोस सहमति भएको छैन ।

नेम्वाङले संसदमा विचाराधीन विधेयक फिर्ता नलिने तर, आवश्यकताअनुसार संशोधन गर्न सकिने बताएपछि डा. केसीको टोलीले लिखित नै बुझाएको छ । त्यसमा अध्यादेशमा भएका १० वर्षे प्रतिबन्ध लगायतका विषयहरु नै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *