सरकारले अपहरणको शैली अपनाउन खोज्यो डा. केसी

भक्तपुर न्यूज

३ साउन २०७५ ४:५९

सरकारले अपहरणको शैली अपनाउन खोज्यो डा. केसी

जुम्ला ३ साउन । सरकारले डाक्टर गोबिन्द केसीलाई लिन जुम्ला हेलिकप्टर पठाएता पनि केसी आफ्नो अडानको पक्षमा रहेको र उनी काठमाडौं उपचारका लागि आउन मानेका छैनन् ।

उनले सरकाले अपहरण गरेर काठमाडौं लैजान लागेकोर आफ्नो माग तुहाउने खेल भएको समेत सरकारमाथि आरोप लगाएका छन् । उनले भने सरकार सम्बेदनशिल छ र मेरो स्वास्थ्य प्रति त्यती नै सजक छ भने आम जनताको हितको बिषय पुरा गर्ने तर्फ लागे अनसन छाड्ने समेत बताए ।

केसीले आफ्नो माग पुरा नभए सम्म चन्दनाथ बाबाको काख मै अनसन जारी राख्ने समेत बताएका छन् । सरकराले जर्बजस्ती आफ्नो मागलाई तुहाउने अधिनाकवादी शैली अपनाउन नपाउने भन्दै उनले जनहितको चिकित्सा बिधेक तर्फ सरकार गम्भीर नबनेको समेत आरोप लगाएका छन । कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनसनरत डा केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सरकारले आज बिहानै जुम्ला हेलिकोप्टर पठाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *