वार्ताका लागि तयार छौ डा.केसी

भक्तपुर न्यूज

२७ असार २०७५ ५:३९

वार्ताका लागि तयार छौ डा.केसी

जुम्ला २७ असार । आमरण अनशनरत डा गोविन्द केसीले सरकारसँग जुनसुकै बेला बार्ता गर्न तयार रहेको बताएका छन् । उनले आज एक विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् । वार्ताका लागि गोविन्द केसी तयार नभएको सरकारी भनाइ प्रकाशमा आइरहेका बेला केसीले विज्ञप्तिमार्फत त्यसको खण्डन गरेका छन् । डा केसीले सो कुरामा सत्यता नरहेको भन्दै आफू बार्ताका लागि सधै तयार भएको बताएका हुन् । उनले विज्ञप्तीमा भनेका छन् , हामी कुनै पनि बेला वार्ताका लागि तयार रहेको र सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने जानकारी पनि गराउन चाहन्छौं । ‘

उनले आफू वार्ताका लागि सधैं तयार रहेको भन्दै सरकारलाई यसको गृहकार्यमा जुट्न आग्रह गरेका छन् । उनले विज्ञप्तीमा यतिका दिनसम्म संवेददनहीन र गैर जिम्मेवारीपूर्ण रुपमा माग पूरा गर्न कुनै पहल नगरेको सरकारका तर्फबाट जिम्मेवार व्यक्तिहरुले हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ भनेर समेत उल्लेख गरेका छन् । चिकित्सा शिक्षा ऐन तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु हुनुपर्ने लगायत माग राखेर जुम्लामा डा केसी अनशन बसेको आज १२ दिन पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *