नेपाल इन्जिनियरिङमा बिद्यार्थीले सुरु गरे रिले अनशन

भक्तपुर न्यूज

२६ असार २०७५ १२:१०

नेपाल इन्जिनियरिङमा बिद्यार्थीले सुरु गरे रिले अनशन

भक्तपुर, २६ असार । नेपाल इन्जिनियरिङ कलेज दुवाकोटमा लामो समयदेखि कलेजको समस्या समाधान नभए पछि संयुक्त बिद्यार्थीहरुले अनशन शुरु गरेका छन् ।
कलेजमा अध्ययनरत बिद्यार्थीको भबिष्यमा खेलावाड गर्दै सञ्चालक पक्ष दुई खेमामा उत्रिय पछि अध्यापनको वातावरण नभएको र बिद्यार्थीको भबिष्यमाथि खेलवाड भएको भन्दै बिद्यार्थीहरुले रिले अनशन सुरु गरेको अनशनमा रहेका बिद्यार्थी शिवंम श्रेष्ठले जानकारी दिए ।
उनले भने, बिगत देखि नै कलेज सञ्चालकहरु बीच बिवाद भएको हालसम्म पनि समस्या समाधान नभए पछि बिद्यार्थीहरु बाध्य भएर अनशनमा बस्नु परेको हो ।
त्यस्तै, कलेज सञ्चालकहरुको मनोमानी कै कारण बिद्यार्थीहरुले आफ्नो भबिष्य डामाडोल बनाउने खेल भएको आरोप लगाउँदै बेला बेलामा आन्दोलन समेत गर्दै आएका थिए भने समस्या सुल्झनुको साट्टो बल्झदै गएको बिद्यार्थीहरु बताउँछन् ।
अध्यननका लागि आएका प्रति बिद्यार्थीको अध्ययन अवधिभर झन्डै १० लाख भन्दा बढी खर्च हुने भएता पनि कलेज ब्यवस्थापनले अध्ययनको लागि कुनै वातावरण नवाएको र आफ्नो खर्च खोलामा बग्ने चिन्ताले सताउने गरेको बिद्यार्थीहरु बताउँछन् ।
कलेज सञ्चालक लम्बोदर न्यौपाने र अर्को पक्ष बीचको जुहारीकै कारण कलेज अस्त ब्यस्त बन्दा अध्ययनरत बिद्यार्थीहरुको भबिष्य अन्यौलमा परेको बिद्यार्थीहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *