एसईई परीक्षाको नतिजा आज प्रकाशित नहुने

भक्तपुर न्यूज

६ असार २०७५ ६:५८

एसईई परीक्षाको नतिजा आज प्रकाशित नहुने

भक्तपुर, ६ असार । यस वर्षको एसईई परीक्षाको नतिजा आज प्रकाशित नहुने भएको छ । बिभिन्न सञ्चार माध्यममा एसईई परीक्षाको नतिजा आज प्रकाशित हुने जनाएता पनि राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गर्न अझै केही दिन लाग्ने बताएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले भक्तपुरन्युजलाई भने, आज एसईई परीक्षाको नतिजा प्रकाशित भन्ने भनाईमा सत्यता छैन । हामिले तयारी गरिरहेका छौं । अव केही दिन भित्र नै नतिजा सार्वजनिक हुने छ ।

उनले भने, उत्तरपुस्तिका इन्ट्री र रुजु गर्ने काम भर्इरहेकाले त्यो काम सकेपछि मात्रै नतिजा सार्वनिक हुने छ ।

परीक्षा नियन्त्रक रेग्मीले समयमै नतिजा सार्वजनिक गर्न बोर्डले काम गरिरहेपनि केही प्राविधिक समस्याका कारण अझ केहीदिन लाग्ने बताए ।

यसवर्षको परीक्षामा साधारण धारतर्फ चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । यस्तै, प्राविधिक धारतर्फ ८ हजार ७०८ जना परीक्षार्थी सहभागि थिए । नतिजा ग्रेडिङ पद्धतिमार्फत हुनेछ ।

बिहानैबाट बिभिन्न सञ्चार माध्यममा आजै नतिजा प्रकाशन हुने भन्ने समाचार आएपछि रेग्मीले सामाजिक सञ्जालबाट समेत नतिजा आज नहुने बारे जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *