मिगौला तस्करीमा सरकारी उदासीनता
काठमाडौ । पछिल्लो समय नेपालमा मिगौला तस्करहरुको सक्रिया बढेको पाइएको छ । प्रहरीले मिर्गौला तस्करी हुन थालेको २० वर्षपछि संलग्न गिरोहलाई समेत पक्राउ गरी कारबाही थाले पनि तस्करी भने अझै रोकिएको छैन् ।
मिगौला बेच्नेमा परिवारकै जालो समेत भेटिएको छ । एउटाले बेचेर आएपछि उसैल परिवारका अन्य सदस्यलाई बेच्न उक्साएको देखिन्छ । मिर्गौला बेचेर आउनेहरुले नै स्थानीय तस्कर बनेर गाउँबाट बेच्ने व्यक्ति खोज्दै राजधानी लैजाने गरेका छन् । हालसम्म एक सय तीनजनाले मिर्गौला बेचेका छन् । २९ घरका अधिकांश सदस्यले मिर्गौला बेचिसकेका छन् । यो समस्या भक्तपुरमा मात्रै नभई दशेभरी नै देखिएको छ । काभ्रेमा भने अलि बढि रहेको तथ्याकले देखाएको छ ।
भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । मिगौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला अस्पतालमा झिक्ने गरेको केही दिनअघि मात्रै खुलासा भएको थियो । यसमा परिवार नककली नातागोता अस्पतालकै कर्मचारीको मिलेमतो रहेको आशंकामा प्रहरीले छानबिन गरिरहेको छ ।
नेपालमा २० पुस ०७३ मा म्याग्दीको बेनी नगरपालिका–११ घर भएका नवीन खत्रीको मिर्गौला निकालेर बिक्री गरिएको हो । गोरखा घर भएका शम्भुलाल श्रेष्ठमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । कागजी प्रक्रिया पूरा गर्न दलालहरूले खत्रीको नक्कली नागरिकता बनाएका थिए । यस्तै घटना केही दिनअघि भक्तपुरमा पनि भएको छ ।
सुरुमा आफुलाई मिगौला निकालिने जानकारी नै नभएको, अन्तिम समयमा थाहा पाउँदा मृगौला निकाल्न नदिए ज्यान मार्ने धम्की समेत तस्करहरुको समुहले दिएको भक्तपुरका पीडितको दाबी छ । यता अस्पतालले पीडितहरुले नै नक्कली कागतजात बनाएर नाता प्रमाणित गरी आएको जिकिर गर्दै आएको छ । केही पीडकको आरोप लगाइएका छानबीनमै छन् ।
रक्त समुह मिलेमा परिवारका सदस्यबीच मात्रै मिर्गौला प्रत्यारोपण गर्न पाइने कानुनी प्रावधान छ । परिवार बाहिरका व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने भएकाले दलालहरुले नक्कली नागरिकता बनाएर अस्पतालमा पेस गरेको पाइएको छ ।
यसरी पछिल्लो समय मिगौला चोरी तस्करीको बिगबिगी नै बढेपनि यसको रोकथामका लागि सरकार वा सम्बन्धीत निकाय अझै उदासीनै छ । भक्तपुरमा यो पहलिो घटना भएपनि दशेका विभिन्न स्थानमा यस्ता काम भइनै रहेका छन् । यसप्रति सरकार र स्वयमं अस्पतालमा रहेको नाता प्रमाणित गर्ने वा मिगौला प्रत्यारोपणका लागि सिफारिस गर्ने समिति चनाखो हुन जरुरी छ ।