थिमिमा नेपाल छाती रोग अस्पताल भवन शिलान्यास
भक्तपुर, १० चैत । आज मार्च २४ अर्थात विश्व क्षयरोग दिवस । यसै अवसरमा राष्ट्रि«य क्षयरोग केन्द्र थिमिले एक कार्यक्रम गरी दिवस मनाएको छ ।
कार्यक्रममा केन्द्रका निर्देशक डा. केदारनर सिंह केसीले १० हजार क्षयरोगका बिरामीहरु उपचार बाहिर रहेको बताए । उनले दश हजार क्षयरोगका विरामी केन्द्रको तथ्यांकमा नआएपनि नीजि स्वास्थ्य संस्थावाट करीव ८ हजार बिरामीको उपचार भईरहेको बताउँदै नेपालमा ३ देखि ४ हजार क्षयरोगी बिरामी अझै उपचार पाउन बञ्चित रहेको बताए ।
नेपालमा आर्थिक वर्ष २०७३÷७४ मा ३१ हजार ७ सय ६४ जना क्षयरोगका बिरामी पत्ता लागी उपचारमा आएको केन्द्रको निर्देशक केसीको भनाई छ । नेपालमा प्रत्येक बर्ष ४५ हजार नयाँ क्षयरोगका विरामी थपिने गरेको तथ्यांक छ भने नयाँ र पुराना गरि ६० हजार क्षयरोगका विरामी अझै नेपालमा रहेको निर्देशक केसी वताए ।
कार्यक्रमको जनसंख्या तथा स्वास्थ्य राज्यमन्त्री पदम कुमारी अर्यालले उद्घाटन गरेकी थिइन् ।
विश्व क्षयरोग दिवसको अवसर परेर आज नेपाल छाती रोग अस्पताल भवनको जनसंख्या तथा स्वास्थ्य राज्य मन्त्री पद्माकुमारी अर्यालले शिलान्यास गरेकी छिन् । अस्पतालको भवन निर्माणका लागी नेपाल सरकारले सात यस आर्थिक बर्षको लागि सात करोड रुपैया विनियोजन गरेको छ ।
अस्पताल भवन निर्माण सम्पन्न गर्न २९ करोड ३७ लाख रुपैया विनियोजन गरेको केन्द्रको निर्देशक डाक्टर केदार नरसिंह केसीले जानकारी दिए । यस्तै नगरपालिकाको स्विकृति विना अस्पतालको भवन बनाउन लागेको भन्दै मध्यपुर थिमी नगरपालिकाले निर्माणाधिन भवनमा पुस १३ गते शिलबन्दी गरेको थियो । तर, चैत ६ गते भवन निर्माणका लागि नक्सा प्रकृयामा रहेको भन्दै केन्द्र र नगरपालिका विच ६ वुदें सहमति भएपछि शिलबन्दी खोलिएको थियो ।