पाँच दिनपछि सर्‍यो डा. के.सी.को अनसन

भक्तपुर न्यूज

२९ फागुन २०७४ १०:५०

पाँच दिनपछि सर्‍यो डा. के.सी.को अनसन

काठमाडौं, २९ फागुन । प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउने माग गर्दै प्रा. डा. गोविन्द के.सी.ले आज देखि बस्ने भनिएको अनसन पाँच दिनपछि सारेका छन् । हिजो भएको विमान दुर्घटनामा परी चिकित्सकको पनि निधन भएकाले शोकको घडीमा अनसन स्थगित गरिएको डा. के.सी.ले बताएका छन् ।
अब उनी ४ गतेदेखि अनसन बस्ने बताइएको छ । प्रधानन्यायाधीश पराजुलीलाई महाअभियोग लगाउनुपर्ने र चिकित्सा शिक्षासम्वन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर गरेकालाई कारबाही गर्नु पर्ने उनको माग रहेको छ । डा. के.सी.ले सर्वोच्चका न्यायाधीशहरुले नै पराजुलीलाई पद छाड्न दिएको सुझावको स्वागतसमेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *