एसइई परीक्षामा करिब ६ लाख विद्यार्थी

भक्तपुर न्यूज

२४ माघ २०७४ ५:०२

एसइई परीक्षामा करिब ६ लाख विद्यार्थी

भक्तपुर, २४ माघ । आउदो चैत ८ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईका लागि आवश्यक उत्तरपुिस्तका जिल्ला जिल्लामा पठाउन शुरु गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाका लागि आवश्यकपर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री जिल्ला जिल्लामा पठाउन थालिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए।

परीक्षाको तयारी तीव्र पारिएको बताउँदै उनले प्रश्न पत्र छपाइको तयारी भइरहेको र केन्द्र निर्धारण गर्ने कार्य अन्तिमचरणमा पुगेको जानकारी दिए। केन्द्रले यसवर्ष करिब दुई हजार परीक्षा केन्द्र निर्धारण गर्ने तयारी गरेको बताउँदै परीक्षा नियन्त्रक रेग्मीले यसवर्ष परीक्षामा करिब ६ लाख विद्यार्थी सहभागी हुने अनुमानका साथ तयारी गरिएको छ भने।

माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नमूना प्रश्नपत्र सार्वजनिक गरेको छ । परीक्षार्थीलाई परीक्षाको अभ्यास गर्न सजिलो होस् भनेर विषयगत नमूना प्रश्नपत्र बनाएर कार्यालयको वेभसाइटमा राखिएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए।

विद्यार्थीले कार्यालयको वेभसाइडमा गएर प्रश्नपत्रको नमूना हेर्न सकिन्छ, उनले भने – “कार्यालयले सबै विषयको नमूना प्रश्नपत्र बनाएको छ ।” एसइई परीक्षा साधारणधारको १७ चैतमा र प्राविधिक धारको २० चैतमा सम्पन्न हुने कार्यतालिकका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *