३२ जिल्लामा २१ गते साँझ ५ बजेदेखि मतगणना हुने

भक्तपुर न्यूज

१७ मंसिर २०७४ ८:२०

३२ जिल्लामा २१ गते साँझ ५ बजेदेखि मतगणना हुने

भक्तपुर १७ मंसिर । मंसिर १० गते चुनाव भएका ३२ जिल्लामा २१ गते साँझ पाँच बजेपछि मतगणना सुरु हुने भएको छ। निर्वाचन आयोगका अनुसार दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा मतदानको समय सकिनासाथ पहिलो चरणमा चुनाव भएका ठाउँको मतगणना सुरु हुनेछ। १० गते चुनाव भएका हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लाका ३७ प्रतिनिधि सभा र ७४ प्रदेश सभाका मतपेटिका अहिले जिल्ला सदरमुकाममा राखिएको छ।

‘मतगणना गरिने स्थानमा राखिएकाले यताको समय सकिनासाथ मतगणना सुरु हुने निर्वाचन कार्यालयल जनाएको हो । सदरमुकाममा राखिएका मतपेटिकाको सुरक्षामा सरकारले तीन तहको सुरक्षा व्यवस्था गरेको छ भने दलका प्रतिनिधि पनि पालैपालो निगरानी गरिरहेका छन्। साता दिनभित्र प्रत्यक्षतर्फको सबै मतपरिणाम आइसक्ने समेत कार्यालय जनाएको छ । ‘समानुपातिकका लागि केही समय लाग्छ, प्रत्यक्षको परिणाम भने हप्ता दिनभित्र आइसक्छ,’उनले भने। दुई चरणमा गरी यसपालि १६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभा सदस्यका लागि चुनाव हुँदै छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *