जुवाको खालबाट २६ जना पक्राउ

भक्तपुर न्यूज

४ कार्तिक २०७४ ७:४४

जुवाको खालबाट २६ जना पक्राउ

बुटवल ४ कार्तिक । जुवाको खालबाटा २६ जना र साढे ९ लाख नगदसहित रुपन्देहीको तिलोत्त्मामा पक्राउ परेका छन् । जुवा खेलिरहेका उनीहरुलाई तिलोत्तमा नगरपालिका५ स्थित मणिग्रामका मनिष अधिकारीको घरमाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको ९ लाख ४६ हजार १९५ रुपैयाँ र कौडा १६ थान तथा तास समेत बरामद गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । जुवा ऐन अन्तर्गत उनीहरुलाइ कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको जुवाडेहरु इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेकाछन् । पक्राउ पर्नेमा यातायात ब्यबसायी ,शिक्षक र ब्यापारी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *