जुवाको खालबाट २६ जना पक्राउ
बुटवल ४ कार्तिक । जुवाको खालबाटा २६ जना र साढे ९ लाख नगदसहित रुपन्देहीको तिलोत्त्मामा पक्राउ परेका छन् । जुवा खेलिरहेका उनीहरुलाई तिलोत्तमा नगरपालिका५ स्थित मणिग्रामका मनिष अधिकारीको घरमाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको ९ लाख ४६ हजार १९५ रुपैयाँ र कौडा १६ थान तथा तास समेत बरामद गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । जुवा ऐन अन्तर्गत उनीहरुलाइ कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको जुवाडेहरु इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेकाछन् । पक्राउ पर्नेमा यातायात ब्यबसायी ,शिक्षक र ब्यापारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
