लापरबाही गर्ने डाक्टरलाई क्षतिपूर्ति तिराउने

भक्तपुर न्यूज

२ असोज २०७४ १०:५६

लापरबाही गर्ने डाक्टरलाई क्षतिपूर्ति तिराउने

काठमाडौं, २ असोज । लामो समयदेखि चल्दै आएको बहस डाक्टरको लापरवाहीका कारण बिरामीको मृत्यु हुँदा हुने झन्झट समाप्त भएको छ । उपचारका क्रममा डाक्टरका लापरवाहीका कारण कुनै बिरामीको मृत्यु भएको त्यसको क्षतीपुर्ति अब उपचारमा संलग्न डाक्टरले नै तिर्नु पर्ने कानुन सरकारले ल्याउन लागेको छ । सरकारले बिरामीको उपचारका क्रममा हुने लापरबाही, त्रुटी तथा गल्तीलाई रोक्न कडा कानुन बनाउने भएको छ ।
आज बसेको मन्त्रीपरिषदको बैठकले उपचारका क्रममा कुनै डाक्टरबाट लापरबाही भएमा उपचार गर्ने डाक्टरबाट नै बिरामी तथा आफन्तलाई क्षतिपूर्ति भराउने कानुन बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्युको घटना बढेको, बिरामी अंगभंग हुने थालेको गुनासो आइरहेकाले यस्ता कार्यलाई रोक्न कडा कानुन बनाउन निर्देशन दिइएको बताए । ऐनमा लापरबाही गर्ने डाक्टरले नै पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था राख्न भनिएको छ ।
उनले स्वास्थ्य मन्त्रालयलाई त्यसको विधेयक बनाउन निर्देशन दिइएको जानकारी दिए। अन्तराष्ट्रिय मान्यता अनुसार उपचारका क्रममा चिकित्सकले बिरामी तथा आफन्तलाई उपचारका क्रममा आउनसक्ने सम्भाव्य खतराको बारेमा जानकारी गराउने र सो क्रममा केही भएमा डाक्टर जिम्मेवार हुने छैन भन्ने फर्म भराउने चलन छ ।
यता चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघले सरकारको यस्तो निर्णय दुर्भाग्यपूर्ण भएको भन्दै निर्णय फिर्ता नलिए तत्काल कडा आन्दोलनमा उत्रिने बताएको छ ।
संघले सरकारको यो निर्णयले अस्पतालमाथि हुलहुज्जत गर्ने, तोडफोड गर्ने र रकम असुल्ने समूहलाई प्रोत्साहन गरेको जनाएको छ ।
कुनै पनि डाक्टरले बिरामीको उपचार असफल होस् भन्ने उदेश्य नभएता पनि पछिल्लो समयमा डाक्टरको लापरवाहीका कारण बिरामीले अकालमै ज्यान गुमाउनु पर्ने अवस्थालाई मध्य नजर गर्दै यस्तो ब्यवस्था गर्न थालिएको स्वास्थ्य मन्त्रालायले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *