राप्रपा प्रजातान्त्रिकमा भाँडभैला, राजीनामाको चेतावनी

भक्तपुर न्यूज

२६ भदौ २०७४ ८:५०

राप्रपा प्रजातान्त्रिकमा भाँडभैला, राजीनामाको चेतावनी

काठमाडौं, २६ भदौ । सरकारमा सहभागि भएसँगै राप्रपा प्रजातान्त्रिकमा भाँडभैलो सुरु भएको छ । सरकारमा सहभागि हुने विषयमा राप्रपा पृष्ठभूमिबाट आएकाहरुलाई अध्यक्ष पशुपति शमशेर राणाले उपेक्षा गरेको भन्दै सो समूहका सांसदहरुले सामूहिक राजिनामा दिने तयारी गरेका छन् ।
अध्यक्ष राणाले सरकारमा जानेहरुको नाम आइतबार सार्वजनिक गरेसँगै सोमबार विहान राणा निवास पुगेका असन्तुष्ट पक्षका रामकुमार शर्मा, सयन्द्र वान्तवा, राज्यलक्ष्मी श्रेष्ठ, कमला शर्मा, विराज विष्ट, बबिना लावती मोक्तान लगायतका सांसदहरुले सरकारमा पठाउने व्यक्तिहरु समावेशी नभएकाले केही नाम फिर्ता लिएर महिलालाई प्राथमिकता दिन माग गरेका थिए ।
असन्तुष्टहरुले सोमबार बिहान अध्यक्ष राणालाई भेटेर अब ‘अन्तिम भेट’ हो समेत भनेको असन्तुष्ट मध्येकी एक सांसद राज्यलक्ष्मी श्रेष्ठले बताइन् । भेटमा उनिहरुले रेशम लामाको नाम फिर्ता लिएर कोही एक महिला सांसदलाई सरकारमा पठाउन राणालाई सुझाव दिएका छन् ।
सरकारमै जाने विषयमा राप्रपा अध्यक्ष कमल थापासँग विद्रोह गरेर नयाँ पार्टी गठन गरेका उनीहरु पुनः राणाविरुद्ध विद्रोहको तयारीमा लागेका हुन् । पार्टीमा कुनै छलफल नगरी सुनील थापा, दीपक बोहरा र विक्रम पाण्डेलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि गराईएपछि अन्य सांसद आक्रोशित भएका हुन । राणाको पार्टीका जम्मा १८ जना सांसदमध्ये १० जना महिला सांसद छन् । राप्रपा प्रजतान्त्रिकका राणाले कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गत साउन २२ गते पार्टी फुटाएका थिए । तर, पार्टी विभाजनको एक महिना बित्न नपाउँदै भाँडभैलो सुरु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *