ओलीले मागे प्रधानमन्त्री देउवाको राजीनामा
काठमाडौ, १८ भदौ । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गरेका छन् । आइतवार भरतपुर बिमानस्थलमा प्रेस चौतारी नेपाल चितवनले गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाको राजीनामा माग गरेका हुन् ।
प्रधानमन्त्री देउवाले कहेी दिनअघि भारतमा गएर नेपालको संसदको निर्णय धज्जी उडाएको भन्दै पूर्वधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले देउवाको राजीनामा माग गरेका हुन् । ओलीले देउवामाथि आरोप लगाउँदै देशमा सामाजिक सद्भाव र एकतालाई खल्वल्याउने, राष्ट्रिय एकतालाई कमजोर बनाउने र देशको हितभन्दा सत्ता स्वार्थ र तत्कालको लाभ लिइहाल्ने तत्वहरु एक भएर एमालेबिरुद्धमा लागेका बताए । सत्तारुढ दलको दबाबमा निर्वाचन क्षेत्र निर्धारण आयोग परेको उनको आरोप रहेको छ । उनले आयोगले गरेको उक्त निर्णय सच्चाउनुपर्ने पनि बताएका छन् ।