नेपाल ईन्जिनियरिङ कलेजमा बिबाद जारी
भक्तपुर, १५ भदौ । चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले नेपाल इन्जिनियरिङ कलेजको विवाद तत्काल आन्तरिक रुपमा समाधान गर्नुपर्ने बताए । रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा नेक कलेजको बिबादमा नगरपालिकाले सहजकर्ताको भूमिका मात्रै निर्वाह गरेको बताउँदै मिश्रले आगामी दिनमा बिबाद समाधान नभए स्थानिय निकायले कलेजका मामलामा हस्तक्षेप गर्ने बताए ।
नेपाल इन्जिनियरीङ कलेजका पूर्वअध्यक्ष हरी पाण्डेले सञ्चालक समितिका पदाधिकारीको सहमतिबीनै वर्तमान अध्यक्ष लम्बोदर न्यौपानेले कलेजलाई नीजिकरण गरेको आरोप लगाए । उनले तत्काल कम्पनी रजिष्टारको कार्यालयमा व्यक्तिकगत दर्ता गरिएको कलेज खारेजी गरिनुपर्ने बताए ।
कलेजका वर्तमान अध्यक्ष लम्बोदर न्यौपानेले यस अघि नै सञ्चालक समितिको बैठकले नै कम्पनी रजिष्टारको कार्यालयमा दर्ताका लागी निर्णय गरिसकेको दाबी गरे । उनले हाल कलेजका सम्पूर्ण फाईल अनुसन्धानका लागी अख्तीयारले लगेकाले गलत भए आपूm सजायको भागी हुने बताए ।
माइतीघर मण्डलामा धर्नामा बसेको बिद्यार्थीहरुले रफत सञ्चार क्लबमा वर्तमान अध्यक्ष न्यौपाने अन्र्तक्रिया कार्यक्रममा सहभागी भएको जानकारी पाएसँगै आएका विद्यार्थीहरुले न्यौपानेको राजीनामाको माग गरेका थिए । अध्यक्ष न्यौपानेलाई घेराउ गरी उनीहरुले विद्यार्थीको भविष्यमाथि खेलबाड नर्गन भन्दै आक्रोश पोखेका थिए ।
कार्यक्रममा कानुन ब्यवसायी अनिल श्रेष्ठले नेक कलेजका सवालमा जसरी बाबु आमाले बच्चा जन्माएपछि आफ्नो सन्तान भनि हत्या गर्न पाउँदैनन् त्यसै गरि कलेज सामाजीक संस्था भएकाले कलेज निजिकरण गर्न नमिल्ने बताए ।