यस्ता छन् : नेपाल र भारतबीच आठ सम्झौता

भक्तपुर न्यूज

८ भदौ २०७४ १०:४१

यस्ता छन् : नेपाल र भारतबीच आठ सम्झौता

नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाको पाँच दिने भारत भ्रमणको दोस्रो दिन नेपाल र भारतबीच आठ समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतले प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा समझदारी पत्र आदान प्रदान भएको हो ।
हस्ताक्षर भएका ८ मध्ये ४ बुँदा भूकम्पपछि भारतले नेपाललाई दिने भनेको सहयोगसँग सम्बन्धित छन् । त्यसमा ५० हजार घर पुननिर्माणको मोडालिटीका विषय समेत समेटिएका छन् । त्यस्तै अर्को एमओयु शैक्षिक क्षेत्रमा भूकम्पपछि पुननिर्माणको रहेको छ भने बाँकी दुईवटा सांस्कृतिक सम्पदा र शिक्षा क्षेत्रसँग सम्बन्धित छन् ।
पाँचौँ एमओयु मेची नदीमा बनाउने फराकिलो पुलबारे रहेको छ । छैटौँ एमओयु लागू औषधको व्यापार रोक्ने विषयमा रहेको छ । यस्तै सातौँ एमओयु स्ट्यान्डराइजेसन एन्ड कन्फर्मिटी एसेसमेन्टमा सहयोग सम्झौता सम्बन्धी छ । एमओयुको आठौँ बुँदामा दुई देशका चार्टर एकाउन्टेन्ट इन्स्टिच्युटबारे छ ।
हस्ताक्षरपछि दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *