भक्तपुर डिगाउँका किसानहरु रातभर जाग्राम

भक्तपुर न्यूज

४ भदौ २०७४ ४:५२

भक्तपुर डिगाउँका किसानहरु रातभर जाग्राम

भक्तपुर  । भक्तपुरस्थित सिपाडोलको डिगाउँमा बदेल, मृग र दुम्सीका कारण स्थानीय किसानहरु हैरानी खेप्न बाध्य भएका छन् । सूर्यबिनायक नगरपालिकाको वडा नं. ८ डिगाउँका किसानहरुले लगाएको मकै बालीमा जङ्गली जनावर बदेलले सबै भन्दा बढी सास्ती दिएको छ ।
बारीमा आएर यी जनावरले लगाईएको मकै खाएर नष्ट गरेपछि किसानहरु चिन्तित भएका हुन् । वर्षभरी खानुपर्ने मकै सबै बदेलले नष्ट गरेपछि आफूहरुले के खाने भन्ने चिन्ताले सताउन थालेको उनीहरु बताउँछन् । बदेलले स्थानीय ४० किसानले लगाइएको मकै बाली नष्ट गरेको छ ।


रातीमा बारीमा आउने एक हुलको समूहमा आउने जनावरले डिगाउँका धेरै किसानको मकै बालीमा नोक्सानी गरेको पीडित किसान रमेश थापाले जानकारी दिए । उनका अनुसार बारी नजिक जंगल भएकाले वदेललाई रोक्न नसकिएको हो । गाउँमा विगत ३ वर्षदेखि बदेलले दुःख दिएको छ ।
मकै बाली जोगाउन यहाँका किसानहरु रातभर जाग्राम समेत बस्न थालेका छन् । बदेल दुम्सी लगायतका जनावर लखेट्न उनीहरुले थाल, ढ्याग्रो लगायतका बस्तु बजाउने समेत गरेको किसान रेखा थापाले बताईन् । तरपनि यो क्षेत्रमा यी जनावारले सास्ती दिन छोडेका छैनन् ।
दश रोपनी बारीमा लगाईएको मकै खेती बदेल लगायतका जनावरकै कारण ३ डोको पनि आउने कि नआउने भन्ने चिन्ता लागिरहेको स्थानीय किसान रमा थापाले बताईन् ।
विगत बर्षदेखि नै बदेल लगायतका जनावरबाट सास्ती पाउँदै आएका यहाँका किसानले सम्बन्धीत निकायले बदेल लगायतका जनावर रोकि आफुहरुलाई खेती गर्ने वातावरण मिलाई दिन अनुरोध समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *